
१४ कात्तिक, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
लघुवित्तको संचालक समिति बैठकले सेयरधनीलाई ९ प्रतिशत सेयर बोनस घोषणा गरेको हो । साथै सो बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ ।
कुल ९.४७ प्रतिशत लाभांशस्वरुप ११ करोड ६८ लाख ८८ हजार रुपैयाँ प्रदान हुने कम्पनीले जनाएको छ । लाभांशअन्तर्गत कुल १ सय कित्ता सेयर हुनेले ९ कित्ता बोनस सेयर पाउने छन् ।
यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने कम्पनीले जनाएको छ । मंगलबार बजार बन्द हुँदा प्रतिकित्ता मूल्य ७७० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4