+
+

सुनको भाउले नाघ्यो १ लाख ७० हजार

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ११:३५

१४ कात्तिक, काठमाडौं । सुनको भाउ तोलामा १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला २२०० रुपैयाँ महँगो हो । अघिल्लो दिन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक महासंघले यहाँ मूल्य निर्धारण गर्दै आएको छ । जसअनुसार दैनिक उच्च मूल्यको रेकर्ड बन्दै गइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबारका लागि चाँदी प्रतितोला २१२० रुपैयाँ तय भएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । अघिल्लो दिन २१०५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?