+
+

एलन मस्कलाई तत्काल सुनुवाइमा उपस्थित हुन अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते ११:५४

१५ कात्तिक, काठमाडौं । अमेरिकी खर्बपति एलन मस्कलाई पेनसिल्वेनियाका एक न्यायाधीशले तत्काल एक सुनवाइमा उपस्थित हुन आदेश दिएका छन् ।

यो आदेश मस्कले पेनसिल्वेनियाका दर्ता भएका मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेपछि आएको हो ।

फिलाडेल्फियाका जिल्ला न्यायाधिवक्ता लैरी क्रासनरले मस्क र उनको राजनीतिक समूह अमेरिकन पीएसीविरुद्ध यसै साता सोमबार मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा बिहीबार सुनवाइ हुने भएको हो ।

लैरी क्रासनरले पेनसिल्वेनियाका न्यायाधीशसमक्ष गएको शुक्रबारदेखि यही बिहीबारसम्म मस्कले दिने पुरस्कार रोक्न तत्काल सुनवाइ गर्न अनुरोध गरेका थिए।

उनले मस्कविरुद्ध मुद्दा दायर गरेपछि सामाजिक सञ्जालमा आफूलाई धेरै आलोचना भइरहेको जिकिर पनि गरेका छन् ।

यो चुनावमा एलन मस्क ट्रम्पलाई पूर्ण समर्थन गरिरहेका छन्।

मस्कले ५ नोभेम्बरमा हुने चुनावसम्म दैनिक ७ स्विङ स्टेट्सका कुनै एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पुरस्कार दिने घोषणा गरेका छन्।

यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट गरिनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।

पेनसिल्वेनियामा मस्कले यस्तो गर्नेहरूलाई १०० डलर दिइरहेका छन् र अरुलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहेका छन्। अन्य स्विङ स्टेट्समा अरुलाई रिफर गर्नेलाई ४७ डलर दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?