+
+

एमालेकै छोराछोरी बालेनको साइबर ग्रुपमा छन् : पृथ्वीसुब्बा गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते १९:४६

१५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् ।

बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् ।

‘हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुमा लेखिरहेका छन्, त्यसमा हाम्रो ध्यान गएको छ ?’ उनले प्रश्न गरे ।

अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र राजनीतिमा रहेको भन्दै मन्त्री गुरुङले उनीहरु नै अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीहरुमा बाँडिएको बताए । ‘७० देखि ७५ प्रतिशत विद्यार्थी राजनाीतिमा छैनन्, उनीहरु रास्वपा र बालेनजस्ताको सेना भइरहेका छन्’, उनले भने ।

एमालेले देशभरका छोराछोरी अखिलमा र युवा संघमा होस् भनेपनि उनीहरु कहाँ छन् भन्ने पार्टीका नेता कार्यकर्तालाई थाहै नभएको नेता गुरुङको भनाइ छ ।

‘देशैभरि छोराछोरी अखिलमा, युवा संघमा होस् भनेको होइन, कहाँ छन् उनीहरु ? पार्टीले बनाएको योजना हामीले कहाँ कार्यान्वयन गरेका छौं ?’, उनले प्रश्न गरे, ‘नयाँ पुस्ता हामीसँग छैन अहिले, उनीहरुलाई विद्यार्थी, युवा अरु कुन कुन जनसंगठन छन्, त्यसमा आवद्ध गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?