
१५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको भाउ घटाएको छ ।
बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ ।
पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4