+

फुटबलर अमिसालाई १ लाख नगदसहित सम्मान

२०८१ कात्तिक  १६ गते १२:१७ २०८१ कात्तिक १६ गते १२:१७
फुटबलर अमिसालाई १ लाख नगदसहित सम्मान

१६ कात्तिक, काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिसा कार्कीलाई नगदसहित सम्मान गरिएको छ ।

एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिसालाई सम्मान गरेको बताए ।

अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ।

अमिसाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन् । यद्यपि सो खेलमा नेपाल २-१ गोलले पराजित हुँदै उपाविजेतामा सिमित भयो । उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४- २ गोलको जित निकालेको थियो।

सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ।

अमिसा कार्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय