
१६ कात्तिक, काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ ।
नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।
एमालेमा नगरले जिल्लामा सिफारिस गर्छ, जिल्लाले पठाउको नाममा प्रदेशले निर्णय लिने व्यवस्था छ । तर आकांक्षीहरुले समर्थन गरेर सर्वसम्मत नाम आएकाले उनलाई नै उठाउने एक नेता बताउँछन् । उनले भने, ‘अरु आकांक्षी नै नभएपछि उहाँलाई नउठाएर कसलाई उठाउने होला र ?’
कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4