+
+

धरानमा ९ लाख रुपैयाँसहित जुवाको खालबाट १५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १८ गते १२:४०
फाइल फोटो ।

१८ कात्तिक, धरान । धरानको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन् । जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ ।

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को बर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?