+
+

प्रधानमन्त्री ओली भन्छन् : थालेका काम क्रमैसँग सम्पन्न गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १८ गते १३:४२

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थालेका काम क्रमैसँग पूरा गर्ने बताएका छन् ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजैबाट बैंकक-काठमाडौं उडान सुरु गरेको बताउँदै उनले अरु योजना पनि क्रमैसँग पूरा गर्न ध्यान दिइरहेको बताएका हुन् ।

‘भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ’, उनले भनेका छन् ।

थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?