+
+

जन्मदिनमा शाहरुख खानले गरे धुमपान छाडेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १८ गते २०:०५

काठमाडौं । कुनैबेला दैनिक १०० खिल्लीभन्दा धेरै चुरोट पिउने बताएका बलिउड अभिनेता शाहरुख खानले धुमपान छाडेको घोषणा गरेका छन् । आइतबार आफ्नो ५९ औं जन्मदिन मनाउने क्रममा आयोजित मिट एण्ड ग्रीटमा उनले यस्तो सरप्राइज घोषणा गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

लामो समयदेखि धुमपान गर्ने बानीबारे उनले विभिन्न अवसरमा बताउँदै आएका थिए । यतिबेला भने उनले धुमपान सँधैका लागि छाडेको बताएका हुन् ।

‘त्यहाँ एउटा राम्रो कुरा छ, मैले अबदेखि धुमपान गर्दिन साथीहरु’ फ्यानमाझ शाहरुखले भने । उनले यसो भन्दा फ्यानले चिच्याउँदै र ताली बजाउँदै खुसी जनाएका थिए । फ्यानले शाहरुखको यो भिडियो सेयर गरेका छन् र तत्कालै भाइरल पनि बनेको छ ।

उनले केही वर्षदेखि धुमपान र कफीसँगको प्रेमबारे बेला बेलामा जोक गर्दै आएका छन् । सन् २०११ एक अन्तर्वार्तामा उनले दैनिक १०० खिल्ली धुमपान गर्ने र दैनिक ३० कप कफी पिउने बताएका थिए । कहिलेकाहिँ पानी पिउन बिर्सिने गरेको बताएका थिए ।

कामको कुरा गर्दा शाहरुखले सुयोग घोष निर्देशित आगामी फिल्म ‘किङ’मा अभिनय गरिरहेका छन् । यो फिल्मबाट उनकी छोरी सुहानाले समेत डेब्यु गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?