
१९ कात्तिक, काठमाडौं । भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । नैनीडाँडादेखि रामनगरतर्फ जाँदै गरेको बस सोमबार बिहान दुर्घटनामा परेको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार बसमा सवार १५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुमध्ये ३ जनालाई थप उपचारका लागि हवाई उद्धार गरिएको थियो । उनीहरुको अहिले ऋषिकेश एम्समा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4