+
+

पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते ६:३२
फाइल तस्वीर ।

२० कात्तिक, काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।  जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई  स्थानमा मेघ गर्जन/चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका विभिन्न ठाउँमा सोमबार पनि वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?