+
+

छोरी जन्मेको खुसियालीमा विपन्नलाई न्यानो कपडा वितरण

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते ९:४६

२० कात्तिक, जनकपुरधाम । छोरी जन्मेको खुसियालीमा धनुषाका एक परिवारले विपन्नहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।

दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा बटेश्वर गाउँपालिका-१ चित्रपुरका मनोजकुमार महतो र रेखाकुमारीले सोमबार १७३ विपन्न परिवारलाई फाइवर सिरक वितरण गरेका हुन् ।

नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोको हातबाट न्यानो कपडा वितरणको उदघाटन गरिएको थियो ।

छठिहारको अवसरमा जाडोबाट जोगिन बटेश्वर गाउँपालिकाका-१ भित्रका १७३ परिवारलाई न्यानो वितरण गरिएको महतोले बताए ।

छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न नातिनी जन्मेको खुसीमा न्यानो वितरणसँगै साधुशन्तको भण्डारा (भोज) समेत आयोजन गरिएको हजुरबुबा रामचन्द्र महतोको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?