+
+

गत साता सेयर बजारमा आकर्षण बन्यो होटल सेक्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते ९:४३

२० कात्तिक, काठमाडौं । तिहारपछि आज मंगलबारदेखि सेयर बजार खुल्दैछ । तिहारअघि गत साता १.९ प्रतिशत बढेको बजार यो साता जम्मा दुई दिन मात्रै कारोबार हुनेछ । छठ पर्वका कारण बिहीबार सार्वजनिक विदा परेको छ ।

गत साता ५० अंकले बजार बढ्यो । अघिल्लो साता २६२७ अंकमा बन्द भएको बजार गत साता २६७७ अंकमा बन्द भयो । यहीं अंकबाट आजदेखि गणना हुनेछ । गत साता बैंकिङ बाहेक सबै सेक्टर बढेका छन् । बैंकिङ सेक्टर जम्मा १ अंक मात्रै घट्यो ।

गत साता होटल एण्ड टुरिजम सेक्टर भने सबैभन्दा धेरै ७.३ प्रतिशत बढ्यो । साउन २१ गते यो सेक्टरले हालसम्मकै उच्च अंक ७७८० को रेकर्ड बनाएको थियो । त्यसयता यो सेक्टर १२.५ प्रतिशत घटेको छ । हाल होटल समूहको सूचक ६८०३ मा छ ।

गत साता मुख्य: तीन कारणले यस क्षेत्रमा आकर्षण बढेको लगानीकर्ता बताउँछन् । लोक्याप, पर्यटन सिजन सुरु भएसँगै यस क्षेत्रका कम्पनीको वित्तीय विवरण राम्रो आउने अनुमान र गत आर्थिक वर्षसम्मको नाफाबाट राम्रै लाभांश दिने अनुमानले होटल सेक्टरमा आकर्षण देखिएको हो ।

यस सेक्टरमा जम्मा ६ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये एउटा सिटी होटल मात्रै गत आर्थिक वर्षमा नोक्सानीमा रहेकाले अरुले राम्रै लाभांश दिने अपेक्षा लगानीकर्ताले गरेका छन् । यीमध्ये सोल्टीले हालै २६.८४ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर घोषण गरेको छ । कम्पनीको अंकित सेयर मूल्य १० रुपैयाँ हो ।

संख्यात्मक रुपमा न्यून कम्पनी र लोक्याप पनि भएकाले यस सेक्टरको सेयर माग केही बलियो हुनेवित्तिकै सकारात्मक प्रभाव पर्ने गरेको छ ।

गत साता बजारमा समूहगत उतारचढाव

समूह गत साताको अंक यो साताको अंक वृद्धिदर प्रतिशत
बैंकिङ १,५२३ १,५२२ –०.०६
विकास बैंक ५,१७७ ५,३३० २.९५
फाइनान्स ३,३३० ३,४६२ ३.९६
हाइड्रोपावर ३,२१२ ३,३३४ ३.७९
माइक्रोफाइनान्स ४,८७६ ४,९६८ १.८८
जीवन बीमा १२,६७९ १३,१६७ ३.८४
निर्जीवन बीमा १२,७१७ १३,२६४ ४.३०
होटल तथा पर्यटन ६,३३८ ६,८०३ ७.३३
उत्पादन÷ प्रशोधन ६,९६८ ६,९९७ ०.४१
लगानी १०४.५ १०५.१ ०.५७
व्यापार ३,५४५ ३,६०९ १.८०
अन्य २,०३८ २,०६० १.०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?