+
+

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १२:५६

२० कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–८ माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मालकबारीस्थित सडकमा बा. प्र ०२–०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?