+
+

प्रधानमन्त्री ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १३:०४

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।

परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् ।

‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय गर्न बाँकी छ’, स्रोतले बतायो । प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको बताएको छ ।

गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

पहिलो विदेश भ्रमण प्रधानमन्त्री ओलीले चीनबाट सुरु गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?