+
+

‘रुकुम मैकोट’ डेढ महिनादेखि ग्लोबल ट्रेन्ड्रिङमा, ५ करोड पटक हेरियो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १४:५६

काठमाडौं । नेपाली फिल्म ‘खुस्मा’मा समावेश लोकशैलीको गीत ‘रुकुम मैकोट’ डेढ महिनादेखि युट्युवको ग्लोबल ट्रेन्ड्रिङमा छ । असोज ६ गतेदेखि सूचीमा समावेश यो गीत ८३ औं स्थानमा छ ।

एसडी योगीद्वारा संगीतबद्ध गीतलाई मंगलबारसम्म ५ करोडभन्दा धेरै पटक हेरिएको छ । झण्डै ९ हजार जति प्राप्त प्रतिक्रिया पनि सकारात्मक छ । यो गीत अहिले पनि टिकटक र रिल्समा उत्तिकै लोकप्रिय छ ।

युट्युवले हरेक साता ‘ग्लोबल टप म्युजिक भिडियो’को सूची अपडेट गर्छ । ‘रुकुम मैकोट’ असोज पहिलो साता ग्लोबल ट्रेन्ड्रिङको ५९ औं स्थानमा थियो । सुरुमा यो गीत ७३ औं स्थानमा थियो ।

लोकलय र मनछुने शब्दको कारण यो गीतलाई धेरैले रुचाइरहेका छन् । धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोमाथि विदेशीले पनि टिकटक बनाइरहेका छन् । यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि झण्डै दुई साता ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?