+
+

काठमाडौंका जलाशयमा धमाधम बनाइँदैछ छठघाट (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ कात्तिक २० गते १६:२०

२० कात्तिक, काठमाडौं । मंगलबार सुरु भएको छठ पर्वका लागि काठमाडौं उपत्यकाका जलाशयहरुमा पनि तयारी सुरु भएको छ ।

छठपर्वको अवसरमा बिहीबार बेलुका अस्ताउँदै गरेको र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । त्यसमा पनि बिहीबार बेलुका सूर्यास्त हुने बेलाको पूजालाई विशेष मानिन्छ ।

त्यसका लागि जलाशयहरुमा पूजा सामग्री, फलफूल आदि जम्मा गरेर छटघाट निर्माण गरिन्छ । आआफ्नो पूजास्थललाई विशेष श्रृङ्गार गर्ने प्रचलन छ । काठमाडौंमा बसोबास गर्ने मधेशी समुदायले यहींका जलाशयमा पूजा गर्ने गर्छन् ।

यहाँ पूजा गर्नेको संख्या बढ्दै गएको छ । त्यसैले बागमती नदीमा गौरीघाट, थापाथली आदि क्षेत्रमा छठघाट निर्माण गरिन्छ भने कमलपोखरी जस्ता जलाशयहरुमा पनि छठघाट बनाइन्छ ।

छठको मुख्य पूजा हुन दुई दिन बाँकी रहँदा काठमाडौंको गुह्येश्वरीस्थित बागमती नदीमा र कमलपोखरीमा धमाधम छठघाट बनाइँदैछ । फलामले बारेर माथि छानो राखेर पूजा गर्ने खण्ड–खण्ड बनाइएको छ । एउटा खण्ड एउटा परिवारलाई छुट्याउने गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?