+

स्पोर्टिङसँग म्यानचेष्टर सिटी स्तब्ध, हालान्ड पेनाल्टीमा चुके

२०८१ कात्तिक  २१ गते ८:२६ २०८१ कात्तिक २१ गते ८:२६
स्पोर्टिङसँग म्यानचेष्टर सिटी स्तब्ध, हालान्ड पेनाल्टीमा चुके

२१ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग ४-१ ले स्तब्ध भएको छ ।

मंगलबार राति घरेलु मैदानमा भिक्टोर ग्योकेरेसले ह्याट्रिक गरेपछि स्पोर्टिङले एक गोलले पछि परेको स्थिति उल्टाएर सानदार जित हात पारेको हो ।

ग्योकेरेसले खेलको ३८, ४९ र ८०औं मिनेटमा गोल गरे । म्याक्सिमिलियानो अरौजोले एक गोल थपेका थिए ।

खेलको चौथो मिनेटमै फिल फोडेनले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । तर, त्यो अग्रता लामो समय रहेन । ३८औं मिनेटमा स्पोर्टिङका ग्योकेरेसले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुवात देखि नै स्पोर्टिङले आक्रमक खेल्दै गोल गर्‍यो । ४६औं मिनेटमा अरौजोले गोल गर्दै अग्रता स्पोर्टिङलाई २-१ को अग्रता दिलाए । त्यसको ३ मिनेटपटि नै ग्योकेरेसले पेनाल्टीमा गोल गरेपछि स्पोर्टिङको अग्रता ३-१ पुग्यो ।

६९औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टी मिस गर्दा सिटीले गोल अन्तर कम पार्ने अवसर गुमायो ।

८०औं मिनेटमा स्पोर्टिङले फेरि पेनाल्टी पायो र त्यसमा गोल ग्योकेरेसले ह्याट्रिक गरे ।

सिटीमाथिको जितपछि केही दिनअघि मात्रै म्यानचेष्टर युनाइटेडको प्रशिक्षकमा अनुबन्ध भएका स्पोर्टिङका प्रशिक्षक रुवेन अमोरिमलाई पनि राहत मिलेको छ ।

जितपछि ४ खेलबाट १० अंक जोडेको स्पोर्टिङ अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । सिटी भने समान खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ ।

एर्लिङ हालान्ड म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय