+
+

बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते ११:४६

२१ कात्तिक, काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा दुई व्यक्ति मृत फेला परेका छन् ।

टोखा नगरपालिका-५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन् । बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?