+
+

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १६:०४

२१ कात्तिक, काठमाडौं । इजरायलको राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

१४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ सकेर ३ असोजमा नियुक्तिका लागि नाम अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?