+
+

बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १७:४५

काठमाडौंँ । बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । होटल याक एण्ड यतिमा मंसिर २९ गते आयोजना हुने फेसन शो हेल्दी च्वाइस ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शो-स्टपरको रुपमा उनी आउन लागेकी हुन् ।

तीन सिजन सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । ट्रयु स्किन एण्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागि हुन इच्छुक मोडलको आवेदन खुला गरिएको छ । आयोजक प्रारम्भ प्रोडक्सनले बुधबार विज्ञप्ति जारी गर्दै आवेदन खुला गरिएको जनाएको हो ।

शोका लागि मोडल छनोट कात्तिक २५ गते होटल हिमालयमा आयोजना हुनेछ । जसबाट ६ जना पुरुष र २४ जना महिला छनोट हुने प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए । नेपाली डिजाइनरले तयार पारेको डिजाइन उक्त शोमा प्रस्तुत गरिने भएको छ ।

रौटेलाको कुरा गर्दा, सन् २०१३ मा उनले बलिउड फिल्म ‘सिंह साब द ग्रेट’बाट डेब्यु गरेकी थिइन् । त्यसयता सनम रे, ग्रेट गान्ड मस्ती, हेट स्टोरी ४, पागलपन्तीमा उनले अभिनय गरेकी छन् । सन् २०१४ मा उनले कन्नाडा फिल्म ‘मिस्टर ऐरावत’मा पनि अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?