+

मुसियलाको गोलमा बायर्न विजयी

२०८१ कात्तिक  २२ गते ८:१९ २०८१ कात्तिक २२ गते ८:१९
मुसियलाको गोलमा बायर्न विजयी

२२ कात्तिक, काठमाडौं । जमाल मुसिएलाले गरेको एक मात्र गोलमा बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा वेनफिकालाई १-० ले पराजित गरेको छ ।

यस सिजन च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्नको यो दोस्रो जित हो ।

बायर्नलाई उसैको घरेलु मैदानम एलिएन्ज एरेनामा पहिलो हाफमा पोर्चुगिज क्लब वेनफिकाले गोलरहित बराबरीमा रोकेको थियो । तर, ६७औं मिनेटमा ह्यारी केनको पासमा मुसिएलाले गोल गर्दै बार्यनलाई अग्रता दिलाए ।

त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा त्यही गोल निर्णायक बन्यो ।

सिजनको दोस्रो जितपछि ४ खेलबाट ६ अंक जोडेर बायर्न १७औं स्थानमा उक्लेको छ । दोस्रो हार व्यहोरेको वेनफिकाको समान खेलबाट ६ अंकसहित १९औं स्थानमा छ ।

बायर्न म्युनिख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय