+

यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

२०८१ कात्तिक  २२ गते ९:३६ २०८१ कात्तिक २२ गते ९:३६
यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

२२ कात्तिक, काठमाडौं । यूएईमा भइरहेको  आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ ।

खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

टी २० क्रिकेट नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय