+

कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

२०८१ कात्तिक  २२ गते ११:१६ २०८१ कात्तिक २२ गते ११:१६
कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

२२ कात्तिक, काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दैछ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खेल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

टी २० क्रिकेट नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय