+
+

नारिता, दोहा र दुबईमा नेपाल एयरलाइन्सको उडान समय परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते १२:४९

२२ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ ।

सोहीकारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११:५० (स्थानीय समय) मा उड्ने जहाज अब ९:१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेवानिले जनाएको छ ।

काठमाडौंबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ । दोहाबाट ३:२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ ।

काठमाडौंबाट ११:१५ मा दुबई उड्ने जहाज अब ९ बजेर ३५ मिनेटमा उड्ने गरी तालिका मिलाइएको समेत नेवानिले जनाएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?