+

कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य

२०८१ कात्तिक  २२ गते १३:१४ २०८१ कात्तिक २२ गते १३:१४
कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य

२२ कात्तिक, काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो ।

नेपालक लागि कप्तान पुजा महतोले ३८ बल खेल्द ४ चौका मदतमा सर्वाधिक ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।

ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसा कुमारी यादवले १५ रन जोडिन् ।

कुवेतकी आयेसा इक्वाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।

आईसीसी यू-१९ महिला टी-२० विश्वकप कुवेत नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय