+
+

‘ह्रस्व दीर्घ’ प्रिमियरमा सहभागी हुन प्रदीप रावत, ब्रह्मानन्दम काठमाडौं आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते २०:४२

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियर समारोहमा सहभागि हुन भारतीय अभिनेतात्रय प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौं आउने भएका छन् । फिल्मको प्रिमियर २९ कात्तिकमा तय छ ।

३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना भारतीय कलाकारले अभिनय गरेका छन् । निर्देशक चन्द्र पन्त र निर्मात्री नीता ढुंगानाले तीनैजना कलाकार नेपाल आउने बताए ।

‘गजनी’ फेम्ड रावत २७ कात्तिकमा काठमाडौं उत्रिनेछन् । ‘अहिलेसम्म तीनैजना आउने निश्चित छ । प्रिमियर भएको खण्डमा ब्रम्हानन्दम पनि आउनुहुनेछ’ निर्देशक पन्तले भने, ‘उहाँहरु नेपाल आउन उत्साहित हुनुहुन्छ ।’

निर्माता कम्पनी नीता ढुंगाना फिल्म्सले मंगलबार ट्रेलर सार्वजनिक गर्दै कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारिसकेको छ । जहाँ यी भारतीय कलाकारलाई समेत फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?