
काठमाडौं । विहिबार नेपालको तराईसहित विभिन्न भागमा छठ पर्व मनाइएको छ । राजधानी काठमाडौंसहित हिमाली र पहाडी क्षेत्रमा पनि छठ मनाइएको खबर छ ।
सेलेब्रिटीले समेत विहिबार उपासना बसेर विधिपूर्वक छठ मनाए । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, पूर्वमिस नेपाल उषा खड्गी, अभिनेत्री नीता ढुंगाना, शिल्पा पोखरेल, अनु शाह लगायतले छठ मनाए ।
सेलेब्रिटीले सामाजिक संजालमार्फत छठ सेलिब्रेसनका भिडियो र तस्वीर सार्वजनिक गरेका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ दिएर विहिबार तेस्रो दिनको छठ पर्व मनाइएको हो । ४ दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुले तलाउ वा नदी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4