+
+

वित्तीय लागत घट्दा सुपरमादी हाइड्रोपावरको नाफा ५० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते ९:४७

२३ कात्तिक, काठमाडौं । सुपरमादी हाइड्रोपावरको नाफा ५० प्रतिशतले बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १६ करोड १३ लाख रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा खुद नाफा १० करोड ६९ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानी घटे पनि नाफा बढेको देखिन्छ । बिक्री आम्दानी पहिले ४३ करोड २७ लाख रुपैयाँ रहेकोमा अहिले ४२ करोड १५ लाख रुपैयाँ छ । बिक्री आम्दानी घट्दा पनि नाफा बढ्नुको प्रमुख कारण वित्तीय लागत घट्नु हो ।

वित्तीय लागत पहिले २३ करोड १३ लाख रुपैयाँ रहेकोमा अहिले १६ करोड ३५ लाखमा झरेको छ । बैंकको घट्दो ब्याजदरले हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरणमा सकारात्मक प्रभाव पार्दछ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?