+
+

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १४:२३

२३ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेकाले अब राष्ट्रपतिबाट उनीहरुको नियुक्ति हुनेछ अनि पदमा बहाल हुनेछन् ।

निरौला २५ माघ, २०९३ सम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् । अहिलेको रोलक्रम यथावत रहेमा उनी पुगनपुग २ महिना प्रधानन्यायाधीश समेत बन्नेछन् ।

न्यायाधीश पाण्डे भने १४ फागुन, २०८७ सम्म सर्वोच्च अदालतको न्यायाधीश रहनेछन् । सर्वोच्च अदालतका न्यायाधीश ६५ वर्षको उमेरसम्म पदमा बहाल हुन पाउँछन् ।

अहिले ६ जना न्यायाधीशको पद रिक्त रहेकोमा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सर्वोच्च अदालतमा दुई न्यायाधीशको पदपूर्ति हुने भएको छ । सर्वोच्च अदालतमा अझै चार न्यायाधीशको पदपूर्ति हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?