+
+

शनिबार गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्रा‍ष्ट्रिय उडान

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १७:०८
शुक्रबार गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थाई एयर एसियाको जहाजबाट झर्दै यात्रु ।

२३ कात्तिक, काठमाडौं । भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ । यस उडानमा करिब फुल अक्कुपेन्सीमा यात्रु आउने बताइएको छ ।

दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आउने तिवारीले जानकारी दिए । यो जहाज भैरहवा अवतरण गरी काठमाडौं जानेछ । काठमाडौंबाट थप यात्रु लगेर दुबई फर्कनेछ ।

शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको जहाजको उडान समेत शनिबारलाई सारिएको उनले जानकारी दिए । ‘कम्पनीले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको छ,’ उनले भने । यो जहाज काठमाडौंबाट भैरहवा अवतरण गरी दुबई उड्ने छ ।

यी उडानहरू प्रारम्भिक भएको र यात्रु अभ्यस्त नभएका कारण अन्य उडानमा भने धेरै यात्रु छैनन् । जजिराले भने यसअघि पनि उडान गरिसकेका कारण सो कम्पनीले राम्रो यात्रु पाइरहेको छ ।

शुक्रबार थाई एयर एसियाको उडानमा ३९ यात्रुले लिए सेवा

भैरहवामा शुक्रबार भने थाई एयर एसियाले बैंककबाट उडान गरेको छ । यो उडानमा ७ यात्रु भैरहवा आएका थिए ।

भैरहवाबाट भने ३२ जना यात्रु लिएर थाई एयर एसिया उडेको छ । थाई एयर एसियाले साताको दुई दिन (सोमबार र बिहीबार) बैंकक उडान गर्ने गरी उडान स्वीकृत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?