+
+

बाइडेनले पहिले नै छाडेको भए राष्ट्रपतिको दौडमा अरु उम्मेद्वार हुन सक्थे : न्यान्‍सी पेलोसी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २४ गते ९:३५

२४ कात्तिक, काठमाडौं । अमेरिकाको पूर्वसभामुख न्यान्सी पेलोसीले जो बाइडेनले ढिलो उम्मेदवारी फिर्ता लिंदा डेमोक्रेटिक पार्टीले चुनावमा पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिइन् ।

न्यूयोर्क टाइम्सका अनुसार डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी पेलोसीले बाइडेन पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्रेटिक पार्टीको लागि राम्रो अवस्था हुने बताएकी हुन् ।

‘यदि बाइडेनले पहिले नै छाडिदिएको भए राष्ट्रपतिको दौडमा अन्य उम्मेदवार हुनसक्थे,’ उनको एक पोडकास्ट अन्तर्वार्ता उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

‘पार्टीको राष्ट्रपतिको मनोनयनमा धेरै उम्मेद्वारहरू समावेश हुन्छन् जसले महिनौं प्रचार र मनोनयनका लागि बहस गर्छन्,’ पेलोसीले भनिन्, ‘तर जो बाइडेनले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेपछि पार्टीले अन्य उम्मेदवारबारे सोच्दै सोचेन ।’

बाइडेनले ट्रम्पसँगको पहिलो सार्वजनिक बहसपछि राष्ट्रपतिको दौडबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीले तुरुन्तै कमला ह्यारिसको नाममा सहमति जुटाएको पेलोसीले बताइन् ।

आफ्नो पोडकास्ट अन्तर्वार्तामा पेलोसीले राष्ट्रपति दौडबाट बाहिरिएलगत्तै ह्यारिसलाई समर्थन गर्ने बाइडेनको कदमको आलोचना पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?