+
+

 कैलालीमा २ जना रिक्सा चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २४ गते १०:२८

२४ कात्तिक, धनगढी । कैलालीमा सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका-३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षीय करन बोहरा रहेका छन् ।

उनीहरूले ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनेर दुई हजार भारतीय रूपैयाँ लिएको पाइएपछि दुवै जनालाई सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगरको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?