+

यू-१९ महिला विश्वकप एसिया छनोट : नेपाललाई यूएईले दियो १२३ रनको लक्ष्य

२०८१ कात्तिक  २४ गते १२:४९ २०८१ कात्तिक २४ गते १२:४९
यू-१९ महिला विश्वकप एसिया छनोट : नेपाललाई यूएईले दियो १२३ रनको लक्ष्य

२४ कात्तिक, काठमाडौं । आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलिरहेको छ ।

जारी खेल जित्नका लागि नेपालले १२३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो ।

यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन बनाइन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक/एक विकेट लिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो ।

टि-२० विश्वकप एसिया छनोट नेपाल र युएई यु-१९ महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय