+
+

उपचुनाव हुने कुन ठाउँमा एमालेबाट को उम्मेदवार ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २४ गते १९:२३
तस्वीरमा दायाँबाट सुरेन्द्र मानन्धर, उमा शेर्पा, सुनिता बोहोरा र केशकुमारी

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले १६ मंसिरमा हुने उपचुनावका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

पार्टीको तल्लो कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारको नाम शनिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

१६ मंसिरमा स्थानीय तहको प्रमुखदेखि वडाध्यक्षसम्मका ४२ पदमा उपचुनाव हुँदैछ । तीमध्ये धेरै ठाउँको उम्मेदवार एमालेले सर्वसम्मत रुपमा टुंग्याएको छ ।  उम्मेदवार टुंगिन बाँकी दैलेखको महाबु गाउँपालिकाको अध्यक्षबारे निर्णय लिने अधिकार सचिवालयले प्रदेश कमिटीलाई दिएको छ ।

उपचुनावका लागि काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर र मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास उम्मेदवार पक्का भएका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन, जाजरकोटको नलगाड नगरपालिका उपमेयरमा सुनिता बोहरा उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बुढा र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही उम्मेदवार बन्ने भएका छन् ।

उपचुनावका लागि आगामी २ मंसिरमा मनोनयन दर्ता हुँदैछ ।

हेर्नुहोस् उपनिर्वाचन हुने कुन स्थानमा को उम्मेदवार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?