+

अग्रता जोगाउन नसक्दा ब्राइटनसँग सिटी पराजित

२०८१ कात्तिक  २५ गते ८:०० २०८१ कात्तिक २५ गते ८:००
अग्रता जोगाउन नसक्दा ब्राइटनसँग सिटी पराजित

२५ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित भएको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले २३औं मिनेटमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम १२ मिनेटमा ब्राइटनले दुई गोल गर्‍यो । ब्राइटनका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरेका थिए ।  ७८औं मिनेटमा जाण पेड्रोले ब्राइटनका लागि गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

पेड्रोकै पासमा म्याट ओ’रिलेले गोल गर्द ब्राइटनलाई पुनरागमन जित दिलाए । प्रिमियर लिगमा सिटीको यो लगातार दोस्रो हार हो । यसअघि बर्नमाउथसँग सिटी पराजित भएको थियो । पछिल्लो समय सिटीले लय गुमाइरहेको छ । च्याम्पियन्स लिगमा पनि सिटी स्पोर्टिङसँग पराजित भएको थियो ।

जितपछि ब्राइटन ११ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक रहेको सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाउने अवसर गुमायो ।

म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय