+

भिनिसियसको ह्याट्रिकमा रियलको जित

२०८१ कात्तिक  २५ गते ८:३५ २०८१ कात्तिक २५ गते ८:३५
भिनिसियसको ह्याट्रिकमा रियलको जित

२५ कात्तिक, काठमाडौं । भिनिसियस जुनियरको ह्याट्रिक मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा बनिबार ओसासुनालाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा भिनिसियसले ३४औं,६१औं र ६९औं मिनेटमा गोल गरे । जुड बेलिङघमले ४२औं मिनेटमा गोल गरे ।

रियलले सहज जित हात पारेपनि खेलाडीको चोटले त्यसलाई छायामा पार्‍यो । रियलका डिफेण्डर एडर मिलिटाओलाई ३०औं मिनेटमा स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याउनुपरेको थियो । उनको एसिएल च्यातिएको रियल मड्रिडले जनाएको छ ।

यस्तै रोड्रिगोले पनि २०औं मिनेटमा चोटका कारण मैदान छाड्नुपरेको थियो ।

जितपछि दोस्रो स्थानको रियलले १२ खेलबाट २७ अंक जोडेको छ र शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ६ मा झारेको छ । समान खेलबाट बार्सिलोनाको ३२ अंक छ ।

भनिसियस जुनियर रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय