+
+

साइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १०:२०

२५ कात्तिक, काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ७३ करोड रुपैयाँ छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?