+
+

ट्रम्पले भने : डेमोक्रेटिक पार्टीलाई आर्थिक सहयोग गरौं

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १४:०४

२५ कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीलाई आर्थिक सहयोग गर्नुपर्ने टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले डेमोक्रेटिक पार्टीसँग चुनावपछि पैसाको अभाव भएकाले आर्थिक सहयोग गर्न आग्रह गरेका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘सन् २०२० को चुनाव बहादुरीका साथ लडेको डेमोक्र्याटिक पार्टीसँग अहिले धेरै पैसा बाँकी छैन भन्ने कुरामा म अचम्मित छु । पार्टीका रूपमा म भन्न चाहन्छु कि हामीले यो कठिन समयमा उनीहरूका लागि जे गर्न सक्छौं त्यो गर्नुपर्छ। हामीसँग धेरै पैसा बाँकी छ, किनभने अभियानमा हाम्रो सबैभन्दा ठूलो माध्यम मिडिया (प्रचार) थियो र यो धेरै खर्चिलो थिएन।’

ट्रम्पले आफ्नो पदको अन्त्यमा अमेरिकालाई फेरि महान् बनाउने अपील पनि गरेका छन् ।

अमेरिकाको यस राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित यो चुनाव जितेका थिए ।

सन् २०२० को चुनावमा ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?