+
+

हेमन्त शर्मालाई सिड्नीमा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १४:१५

सिड्नी । गायक हेमन्त शर्मा अस्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा विशेष समारोह आयोजना गरी उनलाई सम्मान गरिएको हो । कार्यक्रममा हेमन्तले आफ्ना लोकप्रिय गीत समेत प्रस्तुत गरेका थिए ।

पछिल्लो समय उनको ‘आउन त दशैं पहिले नि आथ्यो’ लोकप्रिय छ । सांगीतिक कार्यक्रमको दौरान तीन सातादेखि अस्ट्रेलियामा रहेका हेमन्त विभिन्न सहरमा नेपालीमाझ गुञ्जिइसकेका छन् ।

हेमन्तको अस्ट्रेलिया सांगीतिक यात्राको संयोजन दिदीबहिनी इभेन्टले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?