+
+

सना प्रविनको अर्धशतकमा नेपालले थाइल्यान्डलाई दियो १४० रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १६:५८

२५ कात्तिक, काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डसँग खेलिरहेको छ । जारी खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको छ । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन्।

त्यस्तै अर्का ‍ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८-० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।

थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् ।

यसअघि थाइल्याण्डको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?