+
+

सरकारको प्राथमिकताबारे अर्थमन्त्रीलाई बोलाएर छलफल गर्दै संसदको अर्थ समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १८:५३

२५ कात्तिक, काठमाडौं। संसदको अर्थ समितिले सरकारको प्राथमिकताबारे अर्थमन्त्री विष्णु पौडेलसँगै छलफल गर्ने भएको छ ।

समितिमा विचाराधीन विधेयक र जनसरोकारका विषयका सम्बन्धमा समितिका सदस्यहरु आइतबार आन्तरिक छलफलमा जुटेका थिए ।

छलफलबाट समिति सदस्यहरु कुन विधेयक अगाडि बढाउने भनेर अर्थमन्त्रीसँगै छलफल गर्ने तय भएको समिति सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिए ।

अर्थमन्त्री पौडेलसँग समय लिएर बैठक राख्ने जिम्मेवारी समिति सभापति सन्तोष चालिसेलाई दिइएको छ ।

संसदको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छ ।

तर, अर्थ समितिको औपचारिक बैठक गत असोज २ गते यता बस्न सकेको छैन । समिति सभापति सन्तोष चालिसे समितिको कामकारबाहीलाई गति दिने सोचमा रहेको बताउँछन् ।

सभापति चालिसेका अनुसार बैठक राख्नका लागि पर्याप्त एजेण्डा छन् ।

‘पाँच वटा त विधेयक नै छ । त्यसबाहेक १२५÷१२६ वटा उजुरी छन् । अन्य एजेण्डा पनि छन्’ सभापति चालिसेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?