+

अमेरिकामा भूपेन्द्रलाई २ रजत

२०८१ कात्तिक  २५ गते १९:५५ २०८१ कात्तिक २५ गते १९:५५
अमेरिकामा भूपेन्द्रलाई २ रजत

२५ कात्तिक, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइस्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।

ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फर्म्समा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २५० भन्दा बढी खेलाडीको सहभागिता थियो । भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् ।

उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्याण्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

खेलकुद भूपेन्द्र गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय