+
+

बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १०:०९

२६ कात्तिक, बागलुङ । बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७  नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको  हो ।

दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । मृतकको पहिचान खुलिसकेको छैन ।

भ्यानमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?