+
+

अमेरिकी सेना नेपाल आएको होइन, एक जना रथी आएका हुन् : रक्षामन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १४:३०

२६ कात्तिक, काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर सोधेकी थिइन् ।

जवाफ दिँदै राईले भने, ‘एक जना रथी नेपाल भ्रमणमा आउनुभएको छ । अन्य दलबलसहित आउनुभएको होइन । यसमा यति भने पुग्छ भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?