+
+

कलाकार श्रीकृष्ण र रुविना अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १५:१७

२६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेले गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल र नृत्यांगना रुविना अधिकारीलाई सम्मान गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरी समाजले उनीहरुलाई सम्मान गरेको हो ।

गायक श्रीकृष्ण बम मल्लले करिब पाँच सय भन्दा बढी गीतमा सफल संगीत संयोजन गरिसकेका छन् भने उनले तीन दर्जनभन्दा बढी गीतमा आवाज पनि दिएका छन्। ‘मेरै बुढा मेरै भगवान,’ ‘निरमाया ठूली,’ ‘धरोधर्म विद्यानास,’ र ‘डाडाघरे साइँली’जस्ता लोकप्रिय गीतहरूमा आफ्नो आवाज दिएका मल्ल हाल सांगीतिक यात्राको क्रममा लन्डनमा छन् ।

त्यस्तै, रुविना अधिकारी नेपाली नृत्यको क्षेत्रमा चर्चित छिन् । उनले धेरै म्युजिक भिडियो तथा प्रस्तुतिमा आफ्नो नृत्यकला प्रस्तुत गरिसकेकी छन् । इनास यूकेका अध्यक्ष सञ्जय पाण्डेले कार्यक्रममा मल्ल र अधिकारीले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन अद्वितीय भूमिका निभाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?