+
+

कालिकोट दुर्घटना : पलाँता गाउँपालिकामा शोक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १५:३३

२६ कात्तिक, सुर्खेत । कालिकोट जिप दुर्घटनामा निधन भएकाको सम्झनामा पलाँता गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । आइतबार पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो ।

सोही दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पलाँता गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकासहित मातहतका सबै कार्यालयलाई शोक बिदा दिइएको हो । ‘जिल्ला नै स्तब्ध हुने गरी दुर्घटना भयो,’ गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले भने, ‘मृतकको सम्झनामा एक दिने शोक बिदा दिएका छौं ।’

उक्त दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको थियो भने १३ घाइते भएका थिए । घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा ज्यान गुमाएका मृतकको सोमबार पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाएपछि दाहसंस्कार हुने कालिकोट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?