+
+

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १२:३०

२७ कात्तिक, काठमाडौं । विकास ऋणपत्र बोलकबोल मार्फत सरकारले १० अर्ब बराबर आन्तरिक ऋण उठाउने भएको छ ।

बुधबार विकास ऋणपत्र बोलकबोल मार्फत उक्त परिमाणमा आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

ऋणपत्रको ब्याज अर्धवार्षिक भुक्तानी हुनेछ । ब्याजदर बोलकबोलबाट तय हुनेछ । ऋणपत्र निष्कासन २९ कात्तिक र साँवा भुक्तानी २९ कात्तिक २०८७ मा हुनेछ । ऋणपत्र धितो राखेर ऋण लिन र दिन सकिने छ ।

सरकारले चालु आर्थिक वर्ष ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?