+
+

काठमाडौं महानगरले थाल्यो दोश्रो चरणमा बाल श्रमिकको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १७:४८

२७ कात्तिक, काठमाडौं। काठमाडौँ महानगरपालिकाले दोस्रो चरणको बाल श्रमिकको उद्धार गर्न सुरू गरेको छ ।

आज काठमाडौँ महानगरपालिका वडा-१ स्थित आईएस मम एण्ड खाजाघर मा जोखिमपूर्ण अवस्थामा श्रममा संलग्न गराइएको अवस्थामा १४ वर्षीय बालकको काठमाडौँ महानगरपालिका बागमती श्रम तथा रोजगार कार्यालय सेवा,बालबालिका खोजतलास सेवा (१०४ ) सहितको संयुक्त टोलीले उद्धार गरेको हो।

उद्धार पश्चात उक्त बालकलाई अस्थायी संरक्षण मनोविमर्श स्वास्थ्य उपचार लगायतका सेवा प्रदान गर्ने गरी अस्थायी संरक्षणमा सिफारिस गरिएको छ।

योसँगै काठमाडौँ महानगरपालिकाले २५ बालक र २७ बालिका गरी कुल ५२ जना बालबालिका श्रमिकहरूको उद्दार गरिसकेको छ ।

महानगरपालिकाले पहिलो चरणमा उद्धार भएका सबै बालबालिकाको घटना व्यवस्थापन कार्य सकाएपछि दोस्रो चरणको बाल श्रमिकहरूलाई उद्दार कार्य सुरू गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?